साझा सवाल Episode 246 July 29th 2012

0 comments
स्वास्थ्य सम्बन्धि खबरहरु हेर्ने सुन्ने हो भने, गाउँबाट आउने खवरमा अस्पतालमा डाक्टर भएन भन्ने हुन्छ भने शहरका खबरमा डाक्टरले राम्रो उपचार गरेनन् भन्ने र डाक्टर र सेवाग्राहीबीच सधैंको तनाब हुन्छ । डाक्टर र स्वास्थ्यकर्मीहरुको संख्या नै कम भएर यस्तो भएको हो कि भएको जनशक्तिको राम्रो व्यवस्थापन हुन नसकेको हो? यो साझा सवालमा हामी डाक्टर, नर्स, अहेव, अनमी जस्ता स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थानका बारे छलफल गर्दैछौं । यो छलफलमा हुनुहुन्छ- पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, जनस्वास्थ्यका विषयमा वकालत गर्न नेपालका गाउँ गाउँ पुग्नुभएका डा. अरुणा उप्रेती र नेपालका डाक्टरहरुलाई जाँच लिई अनुमतिपत्र दिने निकाय नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेल ।

Harke Haldar 29 July 2012

 
Watch Online! © 2012 Template Redesigned by Jovial Sharma Powered by Nepali TV Serial