हास्यव्यँग्य कलाकारहरुलाई यतिखेर दशैं लागेको छ । हरेक वर्षजस्तै यसपाली पनि उनीहरु गाईजात्रे प्रस्तुति सहित स्टेज कार्यक्रममा व्यस्त हुँदैछन् । त्यसको लागि तयारी पनि जोडतोडका साथ भैरहेको छ ।
सधैं टेलिभिजन कार्यक्रममा व्यस्त हुने कलाकार गाईजात्राको बेला स्टेज कार्यक्रममा देखिन्छन् । समसामयिक राजनीतिक र सामाजिक घटनाक्रमले उनीहरुलाई गाईजात्रे मसला पनि प्रशस्तै जुटेको छ । हँसाउनेहरु धेरै भएपछि केही वर्षदेखि गाईजात्रा कार्यक्रम दुईवटा हलमा प्रस्तुत हुन थालेको छ । एकै ठाउँमा कार्यक्रम गर्न अप्ठेरो भएकाले दुईवटा हलमा बाँडिनुपरेको कलाकारहरुको प्रतिकृया छ ।
तर दुई हलमा बाँडिएका कलाकारहरुबीच अस्वस्थ प्रतिष्पर्धा पनि हुने गरेको यसपाली पुष्टी भएको छ । मेरी बास्सैमा संयुक्त काम गर्दै आएका केदार घिमिरे ‘माग्ने बुढो’ र सिताराम कट्टेल ‘धुर्मुस’बीच लामो समयदेखि मनमुटाब छ । मेरी बास्सैमा छुट्टिँदा अलोकप्रीय हुने भएकाले उनीहरुले जबर्जस्ती टेलिभिजन कार्यक्रम भने संयुक्त रुपमा गर्दैछन् । तर स्टेज कार्यक्रममा भने संयुक्त देखा पर्न सकेनन् । घिमिरेले पोहोर गाईजात्रे कार्यक्रममा भाग नै लिएनन् । यसपाली चाहिं उनीहरु बाँडिएका छन् । घिमिरेको समूह सभागृहको कार्यक्रममा र कट्टेलको समूह प्रज्ञा भवनको कार्यक्रममा आआफ्नो प्रस्तुति प्रस्तुत गर्ने तयारीमा छ ।
Post a Comment