काठमाडौं, साउन २३ । नेकपा एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादी नेताहरुले पत्र लेखेको प्रमाणित भए ‘देशद्रोही र अपराधी’ सरह कारवाही गर्नुपर्ने बताएका छन् । खनालले माओवादी देशविद्रोही र भारत परस्त भएको आरोप लगाएका छन् । आज आफ्नै निवास डल्लुमा सञ्चारकर्मीहरुसंग कुरागर्दे खनालले प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसँग साँठगाँठ गरेर मुलुकलाई बन्धक बनाएको जिकिर गरे । माओवादी र मधेशवादी दलको गठबन्धन राष्ट्रकोलागि बोझ भएको भन्दै खनालले आन्दोलनको आँधीबेरीबाट सरकार हटाउने उद्घोष गरे ।
खनालले एमाले पनी निर्बाचनको तयारी मा रहेको खुलासा गरेका छन् ।
नेता तथा कार्यकर्ता अहिले भित्रि रुपमा निर्बाचनमा जुटेको उनले जानकारी दिए । आफ्नै निवाश डल्लुमा संचारकर्मीसंग कुरा गर्दै खनालले एमालेले सबिधान सभाको निर्बाचनबाटै नया सबिधान खोजेको बताए । नया निर्बाचनमा जान पनी बिबादीत बिषयको टुंगो लगाएर दलहरुबिच नया सहमति र राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर जानु पर्छ खनालले भने । सरकार कानमा तेल हालेर बसे बालुवाटारबाट निकाल्न बाल प्रयोग गर्ने खनालको दाबी थियो । सहमति र सहकार्य गर्ने संबैधानिक बाटो हुँदाहुँदै मुलुकलाई समस्याको भुमरीमा धकेलेकाले सरकार र माओवादी नै बर्तमान संकटको जिम्मेवार भएको खनालको आरोप थियो । खनालले वर्तमान प्रधानमन्त्रीले राजिनामा दिनु समस्या समाधानको पहिलो शर्त भएको बताए । माओवादी र मधेसी मोर्चाको गठबन्धन मुलुकको महँगो भयो भन्दै खनालले भष्ट्रहरुको भएको प्रमाणित भइसकेकाले पनि यो गठबन्धन टुट्नै पर्ने खनालको तर्क छ । विद्रोहका क्रममा माओवादीले भारतसँग सम्झौता गरेको कुरा सत्य भए माओवादी देशद्रोही सावित हुने भन्दै खनालले देश सन्चालनको चावी अन्तै भएको भन्ने प्रधानमन्त्रीको अभिब्यक्ति अत्यन्तै गैर जिम्मेवार पूर्ण भएको टिप्पणी गरे । नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले लडाइताका एमाओवादीले भारतलाई पत्र लेखेको खुलासा गरेको सन्दर्भमा उनले यस्तो धारणा राखेका हुन । कांग्रेशले प्रधानमन्त्रीको नाम दिन नसके एमालेले नाम दिने उनले चेतावनी समेत दीए ।
Post a Comment