चट्याङले तीनजनाको ज्यान लियो


धादिङ, बैशाख २२– चट्याङले लागेर धादिङको महादेवस्थान र सुनौलाबजारमा शुक्रवारराती तीनजनाको ज्यान गएको छ । महादेवस्थान १ भैंसेका तोकबहादुर गुरुङ र दीपबहादुर मगरको चट्याङले लागेर ज्यान गएको हो ।

कान्छीमाया गुरुङ र सेतीमाया मगर गम्भीर घाइते हुनुभएको छ । यस्तै चट्याङका कारण बिजुली सर्ट हुँदा सुनौलाबजार ढाँडखर्ककी ६१ वर्षिया इन्द्रकुमारी मल्लको पनि शुक्रवार राती ज्यान गएको धादिङ प्रहरीले जनाएको छ

No comments:

Post a Comment