पूर्व राजा ज्ञानेन्द्र शाहले जनताले चाहे राजतन्त्र र्फकन सक्ने तर आफु राजनीतिमा भने संलग्न नहुने बताउनुभएको छ ।
रुपन्देही, कपिलवस्तु र नवलपरासीको भ्रमणमा रहनुभएका शाहले मंगलबार साँझ भैरहवास्थित होटल निर्भानामा पत्रकारमाझ जनतामा फेरि राजसंस्था चाहिन्छ भन्ने महसुस हुन थालेको आफुले पाएको प्रतिक्रिया दिनुभयो । उहाँले मुलुकमा नयाँ शक्तिको आबश्यकता महसुस भएको भन्दै घुमाउरो पाराले राजसंस्था नै नयाँ शक्तिका रुपमा उदाउन सक्ने संकेत गर्नुभयो ।
अहिलेको मुलुकको अबस्थाप्रति टिप्पणी गर्दै पूर्वराजा शाहले आफुले छाडेको बेलामा भन्दा स्थीति झन भयावह देखिएको बताउनुभयो । तीनै जिल्लाका पत्रकारहरुलाई निम्ताइएको सो भेटघाटमा उहाँले पत्रकारका प्रश्नको सहज जवाफ दिनुभएको थियो ।
तीन दिनदेखि पश्चिम तराईमा रहनुभएका शाहले बिभिन्न शक्तिपीठहरुमा पुजा अर्चना गर्दै जनतासँग अन्तरक्रियासमेत गरिरहनुभएको छ । रुपन्देहीको बुटबलमा गणेश मन्दिर र मुक्तिनाथ धाममा पुजा गर्ने क्रममा शाह एक किलोमिटर पैदल हिड्नुभएको थियो । उहाँ भोली नवलपरासीमा भगतवीको मन्दिरको दर्शन गरि बिहीवार काठमाण्डौं फर्किने कार्यक्रम रहेको छ ।
Post a Comment