बाँकेमा दुई महिला आगजनीको शिकार

0 comments
बाँके, असोज २७ – बाँके इन्द्रपुर ९ मानपुरकी २५ वर्षीय महिलामाथी तेल छर्केर आगो लगाईएको छ भने आईतबार राती नै बाँके कारकांदौ २ भुजैगाउँकी २७ वर्षीया अर्की महिला पनि आगोमा जलेर गम्भीर घाईते भएकी छिन् । ईन्द्रपुर ९ मानपुर कि २५ वर्षीया पुजादेवी नाउँ र कारकांदो २ भुजैगाउँकी २७ वर्षीया भिम कुमारी धोबि आगजनीमा परेका छन् । ईन्द्रपुरमा घटना भएलगत्तै घटनास्थल पुगेको प्रहरीले घरमा झगडा हुँदा च्यातिएको कपडा, लुछिएको अवस्थामा महिलाको रौँ भेटिएकोले नाउँमाथी आगो लगाईएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक शेखर कोईरालाले बताए । आगो लगत्तै फरार रहेका घाईते नाउँका श्रीमान् पवन नाउँलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ भने घाइतेका ससुरा राजु नाउँ र जेठाजु रमेश नाउँलाई मध्यराती नै प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी उपरिक्षक कोईरालाले बताए । यसैगरी आईतबार राती ९ बजे कारकांदौकि भिमकुमारी धोबी आगलागीबाट गम्भीर घाईते भएको अवस्थामा सोमबार विहान अस्पताल पुर्याइए पनि धोबीको शरीर ८० प्रतिशत भन्दा बढी जलेको र उल्टी नरोकिएकोले उनको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न भेरी अञ्चल अस्पतालका डाक्टरहरुले बताएका छन् । धोबीको खाना पकाउने क्रममा आगो लागेको बताइए पनि प्रहरीले आगो लगाएको आशंकामा घाईतेका श्रीमान गयाबहादुर धोबीलाई अस्पतालबाट नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ । यता पुजाको शरिरको ५० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । महिला माथि आगजनीको घटना सार्वजानिक भए लागत्तै मानव अधिकारकर्मीहरुको टोली भेरी अञ्चल अस्पताल पुगी घटनाको बारेमा जानकारी लिएको थियो । तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स उप क्षेत्रीय कार्यालय नेपालगंजका संयोजक आलम खानलाई घाईते पुजाले दिएको जानकारी अनुसार आफूमाथीको आगजनीमा उनको श्रीमानको केहि पनि हात नरहेको र राती बलिरहेको टुकी टाउकोमा खसेर आगो लागेको हो । यसैगरी घाईते धोबीले पनि अधिकारकर्मीहरुसँग खाना पकाउनका लागि चुलो बाल्ने क्रममा आगो लागेको बयान दिएकी छिन् । रातोपाटीसँग कुरा गर्दै थर्ड एलायन्सका उप क्षेत्रीय संयोजक आलम खानले दुबै महिलाको घटना रहस्यमय रहेकोले तत्काल केही भन्न नसकिने बताएका छन् । अर्कातर्फ घाईते पुजा भन्छिन्, ‘केही नर्सहरु र महिला विकासका एक जना दिदीले जबरजस्ती श्रीमानले जलाएको स्वकार गरे उपचारका लागि काठमाडौं पठाईदिने र यदि स्विकार नगरे उपचारमा महिला विकासले सहयोग नगर्ने बताएकोले म कसरी झुट बोलेर उपचारका लागि काठमाडौ जाऊँ । पुजाका श्रीमान् इन्द्रपुर गाविसका कार्यालय सहयोग हुन् । घाईतेहरुलाई भेट्न नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्रसुबेदी, माइती नेपालका केशव कोईराला गएका थिए । बाँकेमा मात्र ६ महिनामा ९ वटा महिलामाथी आगजनीका घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
 
Watch Online! © 2012 Template Redesigned by Jovial Sharma Powered by Nepali TV Serial